ठुलीभेरी
नगरपालिका डोल्पा नगरप्रमुख सुबर्ण कुमार बुढा ज्यु र आटबिसकोट नगरपालिका
रुकुमपश्चिमका नगरप्रमुख रबि केसिको सयुक्त पहलमा डेढ महिना भित्र पुल
निर्माण हुने भएको जानकारी गर्दछु।अन्र्तगत पर्ने जाजरकोटको तल्लुबगरस्थित
भेरिनदिमाथि बेलिब्रिज पुलको निर्माण कार्य तत्काल शुरु गरिने भएको छ
।
छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने गरि बेलिब्रिज पुल निर्माणको जिम्मा यती विल्डर्स कम्पनीले लिएको हो ।यसअघि उक्त ठाउँमा बेलिब्रिज पुल निर्माण भई ०८० बैशाख १६ गते पुल उद्घाटन गर्ने मिति समेत तय भई अन्तिम चरणमा पुग्नै लाग्दा बैशाख ७ गते निर्माणाधिन बेलिब्रिज पुल भाचिएको थियो । निर्माणधिन बेलिब्रिज पुल भाचिँदा दुई जना भारतीय मजदुर(कामदार)को मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए
जाजरकोट नलगाड नगरपालिका–१२ मा पर्ने तल्लुबगर भेरिनदिमाथिको यो पुल जाजरकोट र रुकुम पश्चिमलाई जोडेर डोल्पाको सदरमुकाम दुनै सम्म सिधा यातायात संचालन हुने महत्वपुर्ण पुल हो। डेढ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि बेलिब्रिज पुल पुननिर्माणको जिम्मा यती विल्डर्सा कम्नीले पाएको बताउनु भयो ।

0 Comments